नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूका लागि १ रात २ दिनको “सफलताको सुरुवात” कार्यक्रम पोखरा स्थित होटेल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताहरूका लागि २०८२ भाद्र महिनामा सञ्चालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरूलाई नेपालको चर्चित एवं वरिष्ठ कलाकार महानायक राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समुपस्थितमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुखहरू, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरू सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना वरिष्ठ अभिकर्ताहरूले कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गरी शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागी भएका अभिकर्ताहरूलाई सम्बोधन गर्दै कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरूको मुख्य भूमिका रहेकोमा दुई मत नरहेको बताउनुभयो ।
उहाँले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरू प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं बौद्धिक व्यक्तित्व महानायक राजेश हमालसँग साक्षात्कार गराई उनको अनुभवबाट केही प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको सुरुवात योजना प्रस्तुत गरिएको र यो योजनाबाट अभिकर्ताहरू उत्साही भई देशै भरीबाट करिब ३०० जना अभिकर्ताहरू छनौट हुनबाट पुष्टि भएको बताउनुभयो ।
देशै भरीबाट कार्यक्रममा छनौट भई सहभागी हुने अभिकर्ताहरूलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पत्रबाट सम्मानित गर्नुभएको थियो ।
यसै गरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्बन्धमा तालिम प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा महानायक राजेश हमालले यो स्थानमा आई पुग्न आफूले सिनेजगतमा गरेको सङ्घर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउँदै जुनसुकै पेसा अपनाउने व्यक्तिले पनि आफ्नो पेसालाई निरन्तरता दिँदा आफूले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने बिचार व्यक्त गर्नुभयो ।
मनोरञ्जनात्मक प्रस्तुति सहित सम्पन्न सो कार्यक्रममा सहभागी अभिकर्ताहरूले महानायक राजेश हमालसँग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेशनल लाइफद्वारा “सफलताको सुरुवात” कार्यक्रम पोखरामा सम्पन्न
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            