ग्लोबल आइएमई बैङ्कको “डिजिटल युनिभर्स” सञ्चालनमा

ग्लोबल आइएमई बैङ्क लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैङ्किङ सेवाहरू प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । 
 

आइतबार बैङ्कमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष तथा ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु रहेको डिजिटल युनिभर्सको उद्घाटन गर्नुभयो । 
 

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ढकालले भन्नुभयो, “डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैङ्किङलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकहरूलाई सरल र सहज बैङ्किङ सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।यो पहल ग्लोबल आइएमई बैङ्कको आफ्ना ग्राहकहरूलाई छिटो र सरल बैङ्किङ सेवा प्रदान गर्ने निरन्तर प्रयासहरूको एक हिस्सा हो । हामीले आज लन्च गरेको डिजिटल युनिभर्सको उद्देश्य अहिले विश्वव्यापीकरण भइरहेको डिजिटल बैङ्किङतर्फको यात्रासँग मेल खान्छ ।” 


आजको युगमा डिजिटल बैङ्किङको महत्त्व बढ्दै गएको छ । डिजिटल बैङ्किङले ग्राहकहरूलाई आफ्नो अनुकूल समयमा सुरक्षित र सहज बैङ्किङ सेवा उपलब्ध गराउँछ । ग्लोबल आइएमई बैङ्कको डिजिटल युनिभर्सले यस डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । यस्ता नवीन बैंकिङ्ग प्रविधिहरू अङ्गालेर बैङ्कले आफ्ना ग्राहकहरूको बदलिँदो बैङ्किङ आवश्यकताहरू मात्र पुरा गरेको छैन, डिजिटल नेपाल निर्माणको लागि आधार खडा गर्न उल्लेख्य सहयोग पुर्‍याएको छ । 

 

कार्यक्रममा बैङ्कका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत लगायत बैङ्कका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

66.67%
33.33%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x