महालक्ष्मी विकास बैङ्क लिमिटेडको आयोजनामा ’महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २’ आयोजना हुन लागिरहेको छ । बैङ्कले आफ्नो २९ औँ वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो । यही जेठ २० गते शनिवार देखि २२ गते सोमबार (तिन दिन) सम्म इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न बैङ्क तथा वित्तीय संस्थाका १६ टोलीले सहभागिता जनाएका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा आयोजक महालक्ष्मी विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले प्रतियोगिताको विजेता ट्रली र बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले जर्सी सार्वजनिक गर्नु भएको थियो । क्रिकेट लिगका प्राविधिक निर्देशक रविन्द्र गुप्ताले लिगका नियमहरूका बारेमा प्रकाश पार्नुका साथै समूह विभाजन गर्नुभएको थियो । उक्त सम्मेलनमा बोल्दै बैङ्कका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले यस क्रिकेट लिगले बैङ्क तथा वित्तीय संस्थाहरू बिच भाइचारा, आत्मीयता, सद्धभाव, मित्रता बढाउन थप सहयोग पुग्ने बताउनुभयो ।
लिग कम नक आउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा कुल ३१ वटा खेल खेलिनेछन् । सहभागी १६ टोलीलाई ४ वटा समूहमा विभाजन गरिनेछ जसबाट समूहको उत्कृष्ट हुने दुई समूह क्वार्टर फाइनल प्रवेश गर्नेछन् । खेल १० ओभर प्रति इनिङ्सको हुनेछ । प्रतियोगितामा माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क, हिमालयन बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, सनराइज बैङ्क, प्रभु बैङ्क, एनएमबी बैङ्क, एनआईसी एसिया बैङ्क, प्राइम बैङ्क, कुमारी बैङ्क, गरिमा विकास बैङ्क, लुम्बिनी विकास बैङ्क, कामना सेवा विकास बैङ्क, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र महालक्ष्मी विकास बैङ्कको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता, उपविजेता टिम, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेट किपर, बेस्ट फिल्डर, लगायत विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रसारण बैङ्कको आधिकारिक युट्युब च्यानल मार्फत हुनेछ ।
महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२३, श्रृङखला २ को आयोजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
