२०८१ जेठ २१ गते सोमबार प्रभु बैङ्क लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase II बिच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरूको व्यवसायीका विकासमा सहयोग गर्ने गरी Swisscontact Nepal को सहकार्यमा सञ्चालन गरिने “Growing together : A Sustainable Agriculture initiative for Koshi Province” नामक परियोजनाका लागि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase II का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ ज्युले र बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन ज्युले हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने इच्छा भएका कृषकहरूलाई प्रभु बैङ्कको नजिकका शाखाहरूबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यावसायिक साक्षरता सहज रूपमा उपलब्ध गराउनेछ ।
प्रभु बैङ्क र Swisscontact / (NAMDP Phase II) बिच सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
