नेपाल एसबिआई बैङ्क र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुप (नेपाल) फूलबारी, पोखरा बिच नेपाल एसबिआई बैङ्कका सम्पूर्ण ग्राहकहरूलाई लक्षित गरी मणिपाल टिचिङ हस्पिटल र मणिपाल कलेज अफ मेडिकल साईन्स्मा विभिन्न स्वास्थ्य सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्र नेपाल एसबिआई बैङ्क लि.का प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देको उपस्थितिमा बैङ्कका गण्डकी प्रदेश प्रमुख, मीन बहादुर गुरुङ तथा मेडिकल ग्रुपका प्रमुख कार्यकारी अधिकृत, अनिल ओदूभिल बिच सम्पन्न भएको हो ।
सो कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत, राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत, विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत, रितेश अर्याल र बैङ्क तथा मेडिकल ग्रुपका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको बैङ्कले जनाएको छ ।
सो सम्झौताबाट ग्राहकले बैङ्कको कार्ड तथा मोबाइल बैङ्किङ प्रयोग गरी हस्पिटलले प्रदान गर्दै आएको विभिन्न स्वास्थ्य सेवाहरूमा १० देखि १०० प्रतिशतसम्मको छुट सुविधा उपयोग गर्न सक्ने बैङ्कले जनाएको छ ।
नेपाल एसबिआई बैंक र मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपबीच सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
