ग्लोबल आइएमई बैङ्क लिमिटेडले नवलपुर जिल्लाको गैँडाकोटमा रहेको मौलाकालीका केबलकारको टिकट खरिदमा १० प्रतिशत छुट उपलब्ध हुने योजना सार्वजनिक गरेको छ ।
सो योजनाअन्तर्गत बैङ्कको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले स्मार्ट क्यूआरबाट भुक्तानी गर्दा टिकट खरिदको १० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैङ्कले स्मार्ट च्वाइस टेक्नोलोजीसँगको साझेदारीमा सार्वजनिक गरेको यस योजनाअन्तर्गत मौलाकालीका केबलकार टिकट खरिद गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुटको लागि योग्य हुनेछन् ।
बैङ्कले ग्लोबल स्मार्ट प्लस र क्यूआरमार्फत गरिने भुक्तानी प्रक्रियालाई प्रवर्द्धन गर्न तथा यो छुट योजना सार्वजनिक गरेको हो । सो छुट योजना सीमित अवधिको लागि रहने छ ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैङ्कले समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल स्मार्ट प्लसबाट मौलाकालीका केवलकारको टिकट किन्दा १० प्रतिशत छुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
