काठमाडौँ मोडेल अस्पताल(KMH) र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ,प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल(KMH) र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

एक समारोहका बिच काठमान्डु मोडेल अस्पताल (KMH) का  प्रबन्धकिय निर्देशक गौरी प्रधान र प्रभु बैङ्कका प्रमुख मार्केटिङ अफिसर (CMO) रवीन्द्र ढकाल ले समझदारी ज्ञापन पत्र (MOU) मा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू,कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले काठमान्डु मोडेल अस्पतालमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी, दन्त सेवा लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरूले आफ्नो बैक सँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

नेपालको सामुदायिक क्षेत्रबाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक काठमान्डु मोडेल अस्पताल(KMH) ले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छाना मुनी आकस्मिक उपचार देखि सघन उपचार उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूको लागि काठमान्डु मोडेल अस्पताल(KMH) मा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।

साथै काठमाडौँ मोडेल अस्पतालले दन्त चिकित्सालय सुविधा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x