कर्मचारीलाई उत्कृष्ट गुणस्तर र उच्चतम सङ्ख्यामा तालिम उपलब्ध गराए सँगै Banking Finance & Insurance Institute of Nepal (BFIN) द्वारा प्रदान गरिने L&D Excellence Award – 2023 बाट महालक्ष्मी विकास बैङ्क पुरस्कृत भएको छ । बैङ्कले गोल्ड श्रेणी अन्तर्गतको पुरस्कार प्राप्त गरेको हो ।
मिति २०८० श्रावण २९ गते अलफ्ट काठमाडौँ होटलमा सम्पन्न “Leaders for the Next Generation: Expect the Unexpected” कन्फरेन्सका बिच बैङ्कलाई उक्त पुरस्कार प्रदान गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले महालक्ष्मी विकास बैङ्क मानव संसाधन विभागका प्रमुख विशालराज कार्कीलाई उक्त पुरस्कार हस्तान्तरण गर्नु भएको हो ।
महालक्ष्मी विकास बैङ्क BFIN L&D Excellence Award – 2023 द्वारा सम्मानित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
