एभरेष्ट बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल भाद्र २१ गते, शुक्रबारका दिन बसेको सञ्चालक समितिको ३७२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई १५.५३ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को सञ्चित मुनाफाबाट १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा १५.५३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने एभरेष्ट बैङ्क लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७९/८० मा एभरेष्ट बैङ्क लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १०.५३ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।
एभरेष्ट बैङ्कको लाभांश प्रस्ताव, हेर्नुस् कति दिँदै छ बोनस र नगद लाभांश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
