पहाडकी रानी बन्दीपुरमा रहेको बन्दीपुर कवलकारको बटम स्टेसन केवलकार चोकमा ५ फिट अग्लो सांस्कृतिक विरासत बोकेको भगवान् शिवको मूर्ति स्थापना गरी महाशिवरात्रिको दिन प्राण प्रतिष्ठा हुन लागेको छ । लगातार सात दिनको विशेष धार्मिक तयारी पश्चात् बाजागाजा, भजन कीर्तन र शिवधुनी मेलासहित भव्य रूपमा महाशिवरात्रि मेला गरेर प्राण प्रतिष्ठा गरिने बन्दीपुर केवलकार भगवान् शिव प्राण प्रतिष्ठा समितिका संयोजक किरण पोखरेलले बताउनुभएको छ। यस पावन दिनमा लक्ष्यवती लाखबत्ती जलाउने कार्यक्रम समेत रहेको छ। फागुन २४ गतेदेखि विशेष पूजा सुरु गरी फागुन २६ गते बिहान सम्पूर्ण विधि पूजा गरी पूजा सम्पन्न गर्ने कार्यक्रम रहेको तथा नियमित भक्तजन एवं धार्मिक पर्यटकले २६ गते देखि नै दर्शन गर्न सक्ने समेत समितिले जनाएको छ।
साथै यसै ठाउँमा पर्यटकीय रूपमा दर्शन गर्न मिल्ने गरी अर्को ४२ फिट अग्लो शिवजीको मूर्ति बनिरहेको र आगामी दुई महिनाभित्र तयार भई दर्शन गर्न सकिने गरी काम गरिरहेको समितिले जनाएको छ ।
बन्दीपुरमा भगवान् शिवको मूर्तिको प्राण प्रतिष्ठा हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en