पर्यटकीय ग्राम बन्दीपुरमा सञ्चालित केबलकार नियमित मर्मत र अद्यावधि पश्चात् असोज १० गतेबाट पुनः सञ्चालनमा आउने भएको छ । सो केबलकार २४ गते देखि मर्मत तथा अद्यावधिको लागि बन्द रहेको थियो । साहसीका पर्यटकहरूको आकर्षणको केन्द्र बनेको सो केबलकारले थप सुविधा समेत पस्कने गरी स्थानीयहरूको सुविधालाई मुख्य नजर राख्दै बटम स्टेसनबाट डुम्रे बजार र डुम्रे बजारबाट बटम स्टेसन पुग्ने गरी केबलकारको टिकटमा नै बस सेवा दिने सेवा प्रस्तुत गरेका जनाएको छ । यसले स्थानीयलाई एकदमै सहज हुने कम्पनीले बताएको छ ।
साथै काठमाडौँ देखि बन्दीपुर, बन्दीपुर देखि काठमाडौँ सम्म सिधा बस सेवा समेत सञ्चालन गर्ने भएको छ । यसै गरी केबलकारले १७ गते घटस्थापना देखि खड्गदेवी मन्दिरमा नियमित पूजा पाठ गर्नेहरूको लागि लक्षित गरेर विशेष सुविधा र सेवाहरू समेत दिने घोषणा गरेको छ । खड्गदेवी मन्दिर ६०० वर्ष पुरानो खड्ग रुपी भगवतीको शक्तिपिठ हो । यहाँ केही समय जमिन छोडेर हावामा सयर गरी गएर दर्शन गर्दा पराक्रमी सोच बढ्ने र आटे तोकेको पुरा हुन्छ भन्ने जनविश्वास रही आएको छ ।
बन्दीपुर केबलकार असोज १० गतेबाट पुनः सञ्चालनमा आउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en