लुम्बिनी केबलकार लिमिटेड र रुपन्देही व्यापार सङ्घ, बुटवल पब्लिक स्कुल तथा सृजनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड बिच छुट्टाछुट्टै कार्यक्रमका बिच व्यापारिक सहकार्य सम्बन्धी आज सम्झौता भएको छ । सम्झौता बमोजिम रुपन्देही व्यापार सङ्घमा आबद्ध सक्रिय व्यवसायीहरू, बुटवल पब्लिक स्कुलका शिक्षक तथा विद्यार्थीहरू र सृजनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं कर्मचारीहरूलाई लुम्बिनी केबलकारको यात्रा गर्दा विशेष छुटको व्यवस्था हुने गरी सम्झौता गरिएको लुम्बिनी केबलकार लिमिटेडका प्रेस संयोजक टिआर शर्माले बताउनु भयो ।
सम्झौतामा लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट अपरेसन म्यानेजर दिल्ली नारायण कायस्थ र रुपन्देही व्यापार सङ्घको तर्फबाट अध्यक्ष दीपक अधिकारी, बुटवल पब्लिक स्कुलको तर्फबाट भाइस प्रिन्सिपल आर.सि.पौडेल र सृजनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष मनोहर बस्यालले हस्ताक्षर गर्नुभएको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले जानकारी गराउनु भयो ।
 
एकै दिन लुम्बिनी केबलकार र तीन संस्था बिच सम्झौता
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    