बन्दीपुरहिलमा दशैं सांस्कृतिक एवं देवी लीला कार्यक्रम हुने

पहाडकी रानी उपमाले प्रसिद्ध बन्दीपुर जाने प्रवेशद्वार केबलकार चोक बटम स्टेसन परिसरमा दशैंको अवसर पारेर सांस्कृतिक एवं देवी लिला प्रदर्शनी हुने भएको छ । २०८१ असोज १९ गते देखि २४ गते फूलपाती सम्म ६ दिन यस प्रकारको प्रदर्शनी आयोजना गरिएको छ  । मेलामा स्थानीय तथा राष्ट्रिय सांस्कृतिक प्रस्तुति समेत रहनेछन्  । नाम चलेका कलाकारहरूको प्रस्तुति  कार्यक्रममा हुने छ र साँझमा भव्य दिव्य भगवतीको आरती सहित बृहत् देवी लिला नाटक मञ्चन गरिनेछ । असत्य माथि महाकाली बनेर दुष्ट राक्षसको अन्त गरेर सत्यको जित गराइएको उत्कृष्ट कथा समेटेको  देवीको  लिलाको भव्य प्रदर्शनी गरिने भएको छ ।

दशैंलाई विजय दशमी भनेर किन मानिने गर्दछ भन्ने कुराको बयान नाटकले गर्ने छ। २० गते देखि दैनिक ५ घण्टा २४ गते सम्म २५ घण्टा नाटक मञ्चन गरेर दर्शकहरूलाई सांस्कृतिक मनोरञ्जन र सचेतना दिने आयोजकले दाबी गरेको छ । सांस्कृतिक कार्यक्रममा सहभागी हुनको लागि केबलकारको टिकट छ भने निःशुल्क हुनेछ । अन्य अवस्थामा रु. १००\- रुपैयाँ प्रवेश शुल्क लाग्नेछ । कार्यक्रमको आयोजना बन्दीपुरहिलले गरेको छ भने केबलकार र ड्राईभ ईन रेस्टुरेन्टले प्रवर्धन गरेका छन् ।

कार्यक्रममा आकर्षणहरूको रूपमा मुख्य आकर्षण देवी लिला नाटक ५ दिन, पाँच दिन सांस्कृतिक कन्सर्ट, खाना खाजा प्रदर्शनी, स्थानीय कला एवं सांस्कृतिक प्रदर्शनी, दशैं हाट बजार, वाल उद्यान, बिङ्गो गेम लगायत मनोरञ्जनात्मक कार्यक्रमहरू रहने छन् । यस मेलाको धार्मिक आकर्षण माँ खड्गदेवी मन्दिरको दर्शन गराउनको लागि केबलकारले विशेष सेवा समेत पस्कने कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयाे ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x