पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना बन्दिपुर हिलले साउनको पहिलो सोमबारको अवसरमा भोलि वाेलवम मेला आयोजना गरेको छ । बन्दिपुर हिलमा साउन महिनालाई “शिव महिम्नाहा उत्सव” मनाउने योजना अनुसार साउन ७ गते सोमबार बृहत् वोलवम मेला आयोजना गरिएको हो । वोलवम मेलामा भक्तजनहरूका लागि पैदल तथा रोप यात्राको कार्यक्रम रहेको छ ।
वोलवम कार्यक्रम  बिहान ८ बजे मर्स्याङ्दी नदीमा पूजा आराधना तथा आरती गरी सुरु हुनेछ । नदी पूजन पछि नदीको जल  लिएर  केबलकार चोकमा चट्टानबाट बनेको सिद्धेश्वर महादेव रुद्राभिषेक तथा पूजा आराधना गर्ने कार्यक्रम रहेको छ । साथै भक्तजनहरूले  केबलकार प्राङ्गणमा  रहेका ३३ कोटी देवी देवताको मूर्तिको दर्शन,शिवजीको विराट ध्यानमग्न मूर्तिको स्वरूप दर्शनको अवसर पाउनेछन् ।
त्यसै गरी भजन किर्तन  केबलकार सवार गराई माँ खड्गदेवी मन्दिर परिक्रमा गराउने र बन्दिपुरको तिन धारा स्थित महादेवको ज्योर्तिलिङ्गको  रुद्राभिषेक गर्ने कार्यक्रम रहेको छ । त्यहाँ पूजा आराधना गरी बृहत् धार्मिक सांस्कृतिक कार्यक्रम सहित फर्केर पुनः माँ खड्गदेवी मन्दिरमा विशेष पूजा आराधना गरी केबलकार मार्फत बटम स्टेसनमा फर्किने  कार्यक्रम रहेको छ  ।बेलुका विशेष सन्ध्या आरती गरी वोलवम कार्यक्रम समापन हुनेछ ।
वोलवम को दिन बिहान ९ बजेदेखि ११बजे सम्म बोलबलमा  सहभागी तीर्थ यात्रीहरूले मात्र २ सयमा केबलकारको यात्रा गर्न पाउनेछन् । धेरै भन्दा धेरै भक्तजनहरूलाई वोलवम मेलामा सहभागी हुने अवसर प्रदान गर्न न्यूनतम दरमा टिकट दिने निर्णय गरिएको शिव महिम्नाहा उत्सव आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिनुभयो ।
“शिव महिम्नाहा उत्सव” अरू दिनहरूमा पनि विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ । साउन महिनाभरि केबलकारको टिकट रु.पाँच सय राखिएको छ जसमा भक्तजनहरूले तीन सय मूल्य बराबरको सात्त्विक भोजन “खिर पुरी भाजी” थाली निःशुल्क लाभ लिन सक्नेछन् ।
कम्पनीले भगवान् शिवजीको आराधना गर्ने महिनाको अवसर पारेर श्रावण १ गते देखि ३२ गते सम्म विभिन्न  धार्मिक एवं  सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
श्रावण महिनाका प्रत्येक दिन साँझमा बन्दिपुरहिलको बटम स्टेसन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती भइरहेको छ । “शिव महिम्नाहा उत्सव” आयोजक समितिका संयोजक किरण पोख्रेलले जानकारी दिनुभयो । आर्थिक लाभ भन्दा पनि स्थानीयले धार्मिक लाभ उठाउन सकुन् भन्ने उद्देश्यले एक महिना विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजना समितिले जनाएको छ ।
 
बन्दीपुर हिलमा भोलि बोल बम मेला हुने
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    