५० दिनलाई मनकामना केवलकार बन्द रहँदा केवलकार मार्फत जान सकिने धार्मिक स्थल

मनकामना केवलकार डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने भएको छ । नेपालको पहिलो केवलकार मनकामना केवलकार ५० दिन बन्द रहँदा केवलकार मार्फत अर्थात् केवलकारकाे यात्रा गरी दर्शन गर्न जान सकिने धार्मिक स्थल कामख्या देवी मन्दिर रहेको छ ।

रुपन्देहीको बुटवल र पाल्पाको वसन्तपुर डाँडा जोड्ने गरी सञ्चालनमा रहेको लुम्बिनी केबलकारको तल्लो स्टेसन बुटवल उपमहानगरपालिकाको वडा नं. ३ स्थित बमघाटमा र माथिल्लो स्टेसन पाल्पाको तिनाउ गाउँपालिका-३ वसन्तपुरमा रहेको छ । केवलकार मार्फत २.७० किलोमिटर सवार गरे पश्चात् वसन्तपुरमा रहेको माँ कामख्या देवीको मन्दिरमा पुगी दर्शन गर्न सकिने छ ।

माँ कामख्या देवीको दर्शन सँग सँगै विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू जस्तै स्काई साइक्लिङ, जाइन्ट स्विङ तथा जिपलाइनकाे रमाइलो अनुभव पनि लिन सकिनेछ । लुम्बिनी कवलकारले ८० वर्ष माथिका यात्रुहरू तथा ३ फिट भन्दा साना बच्चाहरूलाई केवलकार यात्रा निःशुल्क गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x