
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २३ अङ्कले घटेर २०७० दशमलव ८४ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ४ दशमलव २५ अङ्कले घटेर ३८७ दशमलव ०७ को विन्दुमा पुगेको छ ।
आज कूल ३०७ कम्पनीहरूका १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता शेयर रु. ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य सामूहिक लगानी कोष शून्य दशमलव १० अङ्कले र निर्जीवन बिमा १३१.०३ अङ्कले, बढेका छन् । बैङ्किङ उपसमूह १० दशमलव ६९ अङ्कले घट्दा विकास बैङ्क उपसमूह १२ दशमलव २९ अङ्कले, वित्त उपसमूह १३.३९ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ८८.८८ अङ्कले, जलविद्युत उपसमूह शून्य दशमलव ६८ अङ्कले, लगानी उपसमूह उपसमूह १.२३ अङ्कले, जीवन बिमा उपसमूह १२६.४९ अङ्कले, उत्पादन उपसमूह ११०.५९ अङ्कले, लघुवित्त उपसमूह ४५.०२ अङ्कले, अन्य उपसमूह २०.६० अङ्कले र ट्रेडिङ उपसमूह ६९.४१ अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा १७.२३ अङ्कको गिरावट, नेप्से २०७०.८४ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    