शेयर कारोबारमा राष्ट्रिय परिचयपत्र अनिवार्य, नेप्सेको नयाँ व्यवस्था लागू

अबदेखि शेयर बजारमा नयाँ खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार सदस्यहरूलाई सूचना जारी गर्दै ‘ट्रेड म्यानेजमेन्ट सिस्टम’ (TMS) अन्तर्गत ग्राहक पहिचान विवरण (KYC) मा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बर समावेश गर्न निर्देशन दिएको हो।

नेप्सेका अनुसार, नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट प्राप्त निर्देशन अनुसार ग्राहक पहिचान तथा पुष्टि गर्ने प्रक्रिया राष्ट्रिय परिचयपत्रमा आधारित गरिनेछ। यससँगै, केवाईसी विवरणलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने र आवश्यक सूचना डिजिटल माध्यमबाट प्राप्त गर्न मिल्ने प्रविधि विकासको प्रक्रिया पनि अगाडि बढाइएको छ।

आफ्नै छुट्टै टीएमएस प्रयोग गरिरहेका सदस्यहरूलाई समेत यो कार्यान्वयन सुनिश्चित गर्न आवश्यक तयारी गर्न नेप्सेले आग्रह गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x