
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ४९ अङ्कले बढेर १९५९ दशमलव १२ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ५८ अङ्कले बढेर ३७१ दशमलव ३१ को विन्दुमा पुगेको छ ।
आज कूल २७० कम्पनीहरूका ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर रु. १ अर्ब ८७ करोड ३० लाख १८ हजार ०२४ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह २ दशमलव १५ अङ्कले, विकास बैङ्क उपसमूह शून्य दशमलव ३० अङ्कले, होटेल तथा पर्यटन उपसमूह १७१.४७ अङ्कले, लगानी उपसमूह उपसमूह शून्य दशमलव ३४ अङ्कले, जीवन बिमा उपसमूह १२०.२० अङ्कले, उत्पादन उपसमूह २२०.६६ अङ्कले, लघुवित्त उपसमूह ७७.११ अङ्कले, निर्जीवन बिमा १२१.४५ अङ्कले, अन्य उपसमूह २१.०९ अङ्कले र ट्रेडिङ उपसमूह ३५.१५ अङ्कले बढेका छन् । यता वित्त उपसमूह ७ दशमलव ४५ अङ्कले घट्दा जलविद्युत उपसमूह ७.५१ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०३ अङ्कले घटेका छन् ।
 
धितोपत्र बजारमा १६.४९ अङ्कको वृद्धि, नेप्से १९५९.१२ को विन्दुमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    