नेप्सेमा उछाल: नेप्से २७९६.३८ को विन्दुमा, कारोबार रकम २१ अर्ब माथि



धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर २७९६ दशमलव ३८ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक शून्य दशमलव ९७ अङ्कले घटेर ४९१ दशमलव ७८ को विन्दुमा पुगेको छ ।

आज कूल ३२६ कम्पनीहरूका ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर रु. २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार २७७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य बैङ्किङ उपसमूह ७ दशमलव ८६ अङ्कले, विकास बैङ्क उपसमूह ८ दशमलव ४६ अङ्कले, वित्त उपसमूह १६४ दशमलव ७१ अङ्कले, उत्पादन उपसमूह ४०.६५ अङ्कले, लघुवित्त उपसमूह ४१.०१ अङ्कले र सामूहिक लगानी कोष शून्य दशमलव ०४ अङ्कले घटेका छन् । यता, होटेल तथा पर्यटन उपसमूह ४८८.३१ अङ्कले  बढ्दा जलविद्युत उपसमूह १०२.४२ अङ्कले, लगानी उपसमूह ३.८७ अङ्कले, जीवन बिमा उपसमूह ४३०.२९ अङ्कले, निर्जीवन बिमा १६८.९५ अङ्कले, अन्य उपसमूह ११८.९२ अङ्कले र ट्रेडिङ उपसमूह २०७.९८ अङ्कले बढेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x