हिमालयन रिइन्स्योरेन्स लिमिटेडले मङ्सिर ०४ गते (आज) देखि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (वैदेशिक रोजगारीमा रहेका नेपालीहरू) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ३ लाख कित्ता तोकेको छ।
कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको रु. १०० अङ्कित दरमा ३ करोड कित्ता साधारण शेयर मध्ये प्रति शेयर रु. १०० अङ्कित दरमा प्रिमियम रु. १०६ थप गरी जम्मा मूल्य रु. २०६ मा १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीको साधारण शेयर (वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि) निष्कासन बन्द हुने मिति मङ्सिर १८ गते रहेको कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
आज देखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि हिमालयन रिइन्स्योरेन्सको आइपिओ विक्री खुल्ला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
