रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल वैशाख २३ गते बसेको सञ्चालक समितिको १५१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२.६३१५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने रकम रु. ५५ करोड ६८ लाख बराबरको बोनस शेयर र ०.६३१५ प्रतिशतले हुन आउने रकम रु. २ करोड ९३ लाख १ हजार ६०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा १२.६३१५ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो
प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात् मात्र वितरण हुने कम्पनीले जनाएको छ।
Click here to view the notice.
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
