नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही मङ्सिर ०८ गते (आज) २२ औँ वार्षिक साधारण सभा गर्दै छ। कम्पनीले साधारण सभा हाेटल भिष्वा, वीरगन्जमा बिहान ९:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट पेस हुने आर्थिक वर्ष (आ.व) २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७७/०७८ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
त्यसै गरी सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको १५.७८९५ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।
कम्पनीले साधारण सभाको प्रयोजनको लागि कार्तिक १८ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा कार्तिक १७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।