
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ। आइतबारदेखि खुला भएको आवेदन भदौ २९ गतेसम्म दिन सकिनेछ।
कम्पनीले यसअघि असार २५ देखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। तर, आवेदन नपरेका कुल ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर अहिले लिलामीमार्फत बिक्रीमा आउने भएका हुन्। यसमध्ये संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारणतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता शेयर रहेका छन्।
लिलामीमा भाग लिन इच्छुक जो–कोही व्यक्ति, कम्पनी वा संस्था सहभागी हुन सक्नेछन्। न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदन दिनका लागि कम्तीमा १ हजार कित्तादेखि बढीमा सम्पूर्ण उपलब्ध शेयरका लागि निवेदन दिन सकिने व्यवस्था छ।
आवेदन मुक्तिनाथ क्यापिटलको नक्सालस्थित कार्यालय वा मुक्तिनाथ विकास बैङ्कका ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, दाङ, नेपालगन्ज, धनगढी र महेन्द्रनगर शाखामार्फत दिन सकिने कम्पनीले जनाएको छ।
एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयर भदौ २९ सम्म लिलामीमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    