चालु आर्थिक वर्ष २०८०/८१ को तिन महिनाको अवधिसम्ममा नेपालले ३ खर्ब ६६ अर्बको व्यापार घाटा बेहोरेको छ।  व्यापार घाटा गत वर्षको ३ महिनाको अवधिको भन्दा २ दशमलव १५ प्रतिशत बढी हो।
भन्सार विभागले सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालले ४ खर्ब ७ अर्ब रुपैयाँको सामान आयात गर्दा ४० अर्बको मात्र निर्यात गरेको देखिन्छ। 
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार बढेको देखिएको छ। तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तिन महिना अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात १ दशमलव ६९  प्रतिशतले बढ्दा निर्यात २ दशमलव २६ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि २ दशमलव १५ प्रतिशतले बढेको देखिन्छ। समग्र वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ५६ र निर्यातको हिस्सा ९ दशमलव ४४ प्रतिशत बराबर रहेको छ।
तिन महिनामा व्यापार घाटा ३ खर्ब ६६ अर्ब
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            100.00%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    