वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्ष २०७९/८० को चैत्र सम्मको अवधिमा २४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने चैत्र महिनामा १ खर्ब ९ अर्ब ७ करोड रेमिटेन्स थप भित्रिएको छ। आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा भने विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्ष २०७९/८० को चैत्र अन्त्यसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ मा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ५१.५ प्रतिशतले वृद्धि भई ३,८७,८३९ पुगेको छ । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २,१७,९५९ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा यस्तो सङ्ख्या १९९.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर २२ दशमलव ८ प्रतिशतले वृद्धि भई ९ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७८/७९ मा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशत र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
