कुल वस्तु आयातमा २.४ प्रतिशतको गिरावट, के हुन् नेपालमा आयात हुने मुख्य वस्तुहरू ?


चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनासम्ममा कुल वस्तु आयात २.४ प्रतिशतले घटी १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा , अन्य मेसिनरी र पार्ट्स, टेलिकम्युनिकेसन उपकरण, विद्युतीय उपकरण, रेडिमेड गार्मेन्टस्को आयत बढेको छ भने पेट्रोलियम पदार्थ औषधि फेरस प्रोडक्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

नेपालमा आयात हुने प्रमुख वस्तु पेट्रोलियम पदार्थ यस आर्थिक वर्षको वैशाख महिनासम्ममा २ खर्ब ४५ अर्ब ७५ करोड बराबरको आयत भएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा नेपालले २ खर्ब ५७ अर्ब २१ करोड बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५%को गिरावट हो।

नेपालले यस आर्थिक वर्षको वैशाख महिनासम्ममा ६४ अर्ब २४ करोड रुपैयाँ बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा नेपालले ५० अर्ब ४८ करोड रुपैयाँ बराबरको यातायातका साधन तथा पार्टपुर्जा आयात गरेको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.३% ले बढेको देखिन्छ।

त्यस्तै नेपालले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ६१ अर्ब ९४ करोड रुपैयाँ बराबरको अन्य मेसिनरी र पार्ट्स को आयात गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा नेपालले ६० अर्ब १० करोड रुपैयाँ बराबरको अन्य मेसिनरी र पार्ट्सको आयत गरेको थियो। उक्त वस्तुको आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१%ले बढेको देखिन्छ ।

नेपालले यस आर्थिक वर्षको वैशाख महिनासम्ममा ३७ अर्ब ८ करोड रुपैयाँ बराबरको औषधि आयत गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा नेपालले ४० अर्ब १७ करोड रुपैयाँ बराबरको औषधि आयात गरेको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.७% ले घटेको देखिन्छ।

त्यसै गरी, नेपालले चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ३१ अर्ब ३१ करोड रुपैयाँ बराबरको फेरस प्रोडक्ट्स को आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा नेपालले ३४ अर्ब ८१ करोड रुपैयाँ बराबरको फेरस प्रोडक्टस् को आयत गरेको थियो उक्त वस्तुको आयत गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१%ले घटेको देखिन्छ ।

त्यस्तै नेपालमा आयात हुने अन्य मुख्य वस्तुहरूमा टेलीकम्युनिकेसन उपकरण विद्युतीय उपकरण रेडिमेड गार्मेन्टस् तथा टेक्सटाइल्स रहेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x