नेपालले चालू आर्थिक वर्षको जेठ महिनासम्ममा कुल ४० करोड ४९ लाख ०१ हजार रुपैयाँ बराबरको यार्सा गुम्बा निर्यात गरेको छ। गत आर्थिक वर्षको यसै अवधिमा नेपालले कुल २९ करोड ६७ लाख ४९ हजार रुपैयाँ बराबरको यार्सा गुम्बा निर्यात गरेको थियो। यो गत आर्थिक वर्षको तुलनामा ३६.४४ प्रतिशतको वृद्धि हो ।
नेपालले १२ देशहरूमा यार्सा गुम्बा निर्यात गरेको छ भने हङकङमा सबैभन्दा बढी यार्सा गुम्बा निर्यात गरेको छ। नेपालले हङकङमा मात्रै १८ करोड ८७ लाख २४ हजार रुपैयाँ बराबरको यार्सा गुम्बा निर्यात गरेको छ। त्यसतै यार्सा गुम्बा निर्यात हुने मुख्य देशहरू मध्ये नेपालले कम्बाेडियामा १२ करोड ४० लाख ७३ हजार रुपैयाँ, भियतनाममा ४ करोड ५३ लाख १८ हजार, सिङ्गापुरमा १ करोड ३१ लाख ८२ हजार तथा संयुक्त राज्य अमेरिकामा १ करोड १४ लाख ९४ हजार रुपैयाँ बराबरको यार्सा गुम्बा निर्यात गरेको छ।
 
यार्सा गुम्बाको निर्यातमा १० करोड ८१ लाख ५२ हजार रुपैयाँको वृद्धि
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    