चालु आर्थिक वर्षको ११ महिनासम्मको अवधिमा नेपालले १ खर्ब ३९ अर्ब बढीको वस्तुको निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालले चालु आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्ममा मात्रै १ खर्ब ३९ अर्ब २६ करोड रुपैयाँ अधिकको वस्तु निर्यात गरेको देखिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको निर्यात व्यापार ३ दशमलव ०१ प्रतिशतले घटेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको अवधिमा नेपालबाट कुल १ खर्ब ४३ अर्ब रुपैयाँ अधिकको वस्तु निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा नेपालले विभिन्न देशबाट १४ खर्ब ५३ अर्ब ७० करोड रुपैयाँ अधिकको वस्तु आयात गरेको छ । यो गत आ.व. को सोही अवधिको तुलनामा १.८४ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १४ खर्ब ८० अर्ब रुपैयाँ अधिकको वस्तु आयात गरेको थियो ।
यता आयात र निर्यात दुवैमा गिरावट आउँदा व्यापार घाटा पनि सोही अनुरूप १ दशमलव ७२ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्ममा नेपालले १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ अधिकको व्यापार घाटा व्यहोरेको तथ्याङ्कले देखाएको छ । यस्तो व्यापार घाटा गत वर्षको सोही अवधिमा १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ अधिक रहेको थियो ।
यसरी निर्यात व्यापार घटिरहँदा हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा १.०९ प्रतिशतले गिरावट हुँदै ८.७४ प्रतिशत कायम भएको छ । यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ८.८४ प्रतिशतमा सीमित रहेको थियो । यता, घट्दै गरेको आयात व्यापारले समीक्षा अवधिमा कुल वैदेशिक व्यापारको ९१.२६ प्रतिशत हिस्सा ओगटेको देखिन्छ। यस्तो हिस्सा गत वर्षको सोही अवधिसम्म ९१.१६ प्रतिशतमा कायम रहेको थियो । गत आर्थिक वर्षको तुलनामा आयात व्यापारको हिस्सामा शून्य दशमलव ११ प्रतिशतको वृद्धि भएको थियो ।
११ महिनामा व्यापार घाटा १३ खर्ब माथि, निर्यातमा ३.०१ प्रतिशतको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0.00%

100.00%

0.00%

0.00%

0.00%

0.00%
