ललितपुर १,महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर-GSMHRC र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
एक समारोहका बिच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर -GSMHRC का अध्यक्ष दीपक प्रकाश बास्कोट र प्रभु बैङ्कका प्रमुख बजार व्यवस्थापन अधिकृत रवीन्द्र ढकाल-CMO ले समझदारी ज्ञापन पत्र-MOU मा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौता अनुसार प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरू,कार्ड प्रयोगकर्ताहरू, कर्मचारी तथा कर्मचारीका परिवारजनले गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर-GSMHRC मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडी टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सालय लगायतका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
नेपालको निजी क्षेत्र बाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर-GSMHRC ले केही दशकदेखि निरन्तर स्तरीय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छाना मुनी आकस्मिक उपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायत उपलब्ध गराउँदै आइरहेको छ । स्वास्थ्यप्रति जागरूक नागरिकहरूका लागि गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर-GSMHRC मा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरू मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरू समेतको व्यवस्था रहेको छ ।
समारोहमा प्रभु बैङ्कका बजार व्यवस्थापक सबिन राणा,दीना चित्रकार तथा गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर-GSMHRC का व्यापार प्रवर्धन व्यवस्थापक को समेत उपस्थिति रहेको थियो ।
गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर -GSMHRC र प्रभु बैङ्क लि.बिच विशेष छुट सम्झौता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
