एन आई सी एशिया बैङ्क लिमिटेडका ग्राहकहरूले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुने गरी बैङ्क र बुद्ध एयर बिच सम्झौता भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा बैङ्कको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार मराठी र बुद्ध एयरको तर्फबाट निर्देशक (Marketing Sales/Ground Handling) रुपेश जोशीले हस्ताक्षर गर्नुभयो । सम्झौता बमोजिम बैङ्कका ग्राहकहरूले बुद्ध एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुट प्राप्त गर्न सक्नेछन् । बैङ्कका ग्राहकहरूले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्दा दुई पक्षबिच भएको सम्झौता बमोजिम ८ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको सो छुट सम्झौताले बैङ्कका ग्राहकहरूलाई विशेष गरी आउँदै गरेका चाडपर्वका बेला विभिन्न गन्तव्यमा सुलभ रूपमा आवतजावत गर्न सघाउ पुग्ने विश्वास लिएको बैङ्कले जनाएको छ । साथै, ग्राहकहरूका लागि ल्याइएको सो विशेष छुट योजनाबाट डिजिटल भुक्तानीको प्रवर्द्धनमा सघाउ पुग्ने हुँदा नगदरहित कारोबारलाई बढवा दिनको निमित्त ठोस टेवा पुग्ने समेत विश्वास लिएको बैङ्कले बताएको छ ।
एन आई सी एशिया बैङ्कका ग्राहकहरूलाई बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट उपलब्ध हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
