प्रभु बैङ्क लिमिटेडले डिजिटल बैंकिङ्ग सेवा अन्तर्गत QR कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको ब्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैङ्कको QR कोड भुक्तानी प्रणालीमा आबद्ध हुनुभएका मर्चेण्टहरूसँग रहेको QR कोड मार्फत सेवाग्राहीहरूले भुक्तानी गर्दा एसएमएस वा इमेल अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइसबाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सुविधा थप भएको छ । प्रभु बैङ्कले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ सो डिभाइसको सुरुवात गरेको हो ।
प्रभु बैङ्कले ल्याएको सो नविनतम् प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको QR कोड मार्फत भुक्तानी गर्नासाथ मर्चेण्ट तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत तत्काल प्राप्त गर्न गर्नेछन् । प्रभु बैङ्कले फोनपे पेमेन्ट सर्भिसेस लिमिटेडसँगको सहकार्यमा ल्याएको सो डिभाइसमा फोनपे नेटवर्कमा आबद्ध QR कोडमा भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ । फोनपे नेटवर्कमा पहिलो पटक उपलब्ध यस सुविधा नेपाल क्लियरिङ हाउस लिमिटेडको नेपाल पे नेटवर्कमा आबद्ध QR मा भने सो अघि देखि नै व्यवस्था मिलाई सकिएको छ । QR कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न सो सेवा थप विश्वसनीय साबित हुने बैङ्कले विश्वास लिएको जनाएको छ ।
 
प्रभु बैङ्कको QR कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    