एभरेष्ट बैङ्कको मोबाइल बैंकिङ्ग एप EBL Touch 24 मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको सो बैङ्कले जानकारी दिएको छ ।
एभरेष्ट बैङ्क लिमिटेडको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआर मा भुक्तानी गरेर सेवाको शुभारम्भ गर्नुभएको थियो ।
सो सेवा सुरुवात भए सँगै एभरेष्ट बैङ्कको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताले भाट–भटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट, किराना, मेट्रो सुपर मार्केट, मेट्रो मार्ट लगायत स्मार्ट क्युआर नेटवर्कमा आबद्ध २ लाख भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने सो बैङ्कले बताएको छ।
ग्राहकहरूले भुक्तानी गरे लगत्तै रकम सिधै एभरेष्ट बैङ्कको खातामा जम्मा हुने सुविधा भएको सो स्मार्ट क्युआर को  सुविधाले बैङ्कमा खाता रहेका मर्चेन्टहरुलाई थप सुविधा पुग्ने विश्वास बैङ्कले लिएको बताएको छ ।
 
एभरेष्ट बैङ्कको मोबाइल बैंकिङ्ग एप EBL Touch 24 मार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सुचारु
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    