ज्योति विकास बैङ्कले QR Code मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित “कोइली; OR अडियो अलर्ट डिभाइस”सेवा ग्राहकको लागि सार्वजनिक गरेको छ। बैङ्कले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैङ्कको QR Code भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो।
सो सेवा अन्तर्गत QR अडियो अलर्ट डिभाइसमा रहेको QR Code मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन्। सो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरी व्यवसायी तथा ग्राहकहरू बिच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैङ्कले लिएको जनाएको छ। साथै सो प्रविधिले व्यवसायी तथा ग्राहकको मोबाइल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ। बैङ्कले सो सेवा बिट्स क्राफ्ट प्रा. लि. सँगको सहकार्यमा ल्याएको हो ।
आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरूले ज्योति विकास बैङ्कको सम्पूर्ण १२१ शाखाहरू मार्फत तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन्।
बैङ्कले देशका विभिन्न स्थानहरूमा व्यवसायीहरूलाई प्रदान गरेको QR Code सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल बैंकिङ्गलाई थप प्रवर्द्धन गर्दै देश भरी QR Code वितरण गर्ने र डिजिटल भुक्तानी सेवा विस्तारित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
 
ज्योति विकास बैङ्कद्वारा QR अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
        
            
    
    