सिभिल बैंकले २०७९ मंसीर १० गते आफ्नो बाह्रौँ वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे बमोजिम आज डिजिटल सुदूरपश्चिमको थालनी सुदूरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गरेको छ ।
धनगढीमा आयोजित डिजिटल सुदूरपश्चिम नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाको प्रमुख आतिथ्ययतामा सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाद्वारा पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पु सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरू डिजिटल रूपमा क्यु आर कोड मार्फत भुक्तानी गरी डिजिटल सुदूरपश्चिमको उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर डा निलम ढुङ्गाना तिम्सिनाले नेपाल राष्ट्र बैंककै उच्च प्राथमिकतामा रहेको डिजिटल पेमेन्टलाई डिजिटल सुदूरपश्चिममा सुरुवात गर्न पाउँदा आफू खुसी भएको र समग्र राष्ट्रमै यो अभियान चलाउन सकिएमा देशमा हुने गरेका सबै कारोबारहरू पारदर्शी हुने तथा नोट छाप्नका लागी बिदेसिने धन राशिको सञ्चय हुने कुरा पनि भन्नु भयो ।
डिजिटल सुदूर पश्चिम अभियानलाई साकार गर्ने हो भने डिजिटल इको सिस्टमकै विकास गर्नु पर्ने कुरामा जोड दिई जसरी यस कार्यक्रमको एउटा अंशमा दैनिक जीवनयापन गर्दा उपभोग गर्दै आएको पानी पूरी देखि जुत्ता मर्मत सम्म, टेम्पु सवारी देखि मन्दिरको भेटी सम्मका कारोबारहरू डिजिटल रूपमा क्यु आर कोड मार्फत भुक्तानी गर्यौँ त्यसरी नै डिजिटल इको सिस्टमको विकास गर्न सकिएमा समग्र सुदूरपश्चिम डिजिटलमा जाने कुरामा दुई मत नभएको कुरा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले भन्नुभयो ।
महेन्द्रनगरमा आयोजित डिजिटल सुदूरपश्चिम प्रतिनिधि सभा सदस्य तथा पूर्व माननीय मन्त्री रमेश लेखकको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो ।
प्रमुख आतिथी तथा प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री रमेश लेखकले यस्तै डिजिटल पेमेन्ट सेवाहरू अझ सुलभ बनाउन सकिएमा समग्र जनताको विभिन्न महसुल तिर्दा खेर जाने समयको सदुपयोग गर्न सकिएमा समग्र राष्ट्र कै उत्पादकत्व बढाउन सकिने कुरा बताउनु भयो ।
डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरूले जतिको बिल आयो त्यति रकम मात्रै डिजिटलको माध्यमबाट भुक्तानी गर्दा आफूले गरेका खर्चहरूको विवरणहरूको समीक्षा गरेर फजुल खर्चहरूलाई घटाई अनावश्यक फजुल खर्चमा कमी ल्याई बचतमा वृद्धि गर्न सकिने हुन्छ र यस्तै साना साना बचतले भविष्यमा पुँजी निर्माण गरी आफू तथा सिङ्गो राष्ट्रलाई समेत समृद्ध बनाउन सकिने कुरा सिभिल बैंकका चिफ बिजनेस भोला बहादुर विष्टले भन्नु भयो ।
सिभिल बैंकले २०१९ अगस्ट देखि नै सुरु गरेको नगद रहित अभियान अहिले देशको दुर्गम भन्दा दुर्गम स्थान देखि देशका प्रमुख सहरहरूमा सम्म गरी चालीस हजार भन्दा बढी क्यु आर मर्चेन्टहरुलाई आबद्ध गरी सकेको कुरा पनि बैंकले जनाएको छ ।
सिभिल बैंकले थालनी गर्यो डिजिटल सुदूरपश्चिम अभियान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
