ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि दराजबाट सामान किन्दा ५५ इन्च वेस्तेल लिड स्मार्ट टिभी जित्न सक्ने योजना सार्वजनिक गरेको छ । साे योजनामा सहभागी हुन बैंकका ग्राहकहरुले भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी दराजबाट समान खरिद गर्दा अनलाइन भुक्तानी गर्नुपर्नेछ ।
बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत्र २१ देखि बैसाख ९ गतेसम्म लागू रहनेछ । सो योजनाको अन्त्यमा, कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनौट गरिनेछ । छनौट भएका एक भाग्यशाली विजेताले ५५ इन्च वेस्तेल स्मार्ट लिड टिभी पाउनेछन् ।
बैंकले यो योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु रहेको बताएको छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता नवीन योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजबाट सामान किन्दा ५५ इन्चको वेस्तेल स्मार्ट टिभी जित्ने मौका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
