ग्लोबल आइएमई बैङ्कले डिजिटल बैङ्किङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मार्फत हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ ।
बैङ्कको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया दशमी २०८०को टिकाको दिन आफ्ना प्रियजनलाई दक्षिणाको रूपमा पैसा पठाउँदा १० प्रतिशत (रु. १०० सम्म) बैङ्कको आफ्ना ग्राहकहरूलाई दक्षिणा स्वरूप तुरुन्तै क्यासब्याक पाउनेछन् । ग्राहकहरूले पैसा पठाउँदा प्रोमो कोड “DAKSHINA” लेखी पैसा ट्रान्सफर गर्नुपर्नेछ ।
ग्लोबल आइएमइ बैङ्कको ग्लोबल स्मार्ट ए्याप प्रयोगकर्ता ग्राहकहरूले २०८० कार्तिक ७ गते विजया दशमीको दिन बिहान ११ बजे देखि दिउँसो २ बजेसम्म बैङ्कको दक्षिणा पाउनेछन् ।
आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय सापेक्ष रूपमा बैङ्कले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५२ शाखा कार्यालय, ३७१ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
ग्लोबल आइएमई बैङ्कको डिजिटल दक्षिणा योजना, ग्लोबल स्मार्ट प्लस मार्फत दक्षिणा दिँदा १० प्रतिशत क्यासब्याक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
