मिति २०८०/०५/२८ गते सम्पन्न एन आई सी एशिया बैङ्क लिमिटेडको सञ्चालक समितिको ६२९ औँ बैठकको निर्णयअनुसार सो बैङ्कको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैङ्कको चुक्ता पुँजीको ३०.५२६३ प्रतिशत लाभांश (रु. ३ अर्ब ५३ करोड ६४ हजार ७ सय ९६ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त प्रस्तावित लाभांश मध्ये २९ प्रतिशत बोनस शेयर (रु. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६ रुपैयाँ) र १.५२६३ प्रतिशत नगद लाभांश (रु. १७ करोड ६५ लाख ३ हजार २ सय ४० रुपैयाँ) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्क तथा बैङ्कको आगामी २६ औँ वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैङ्कका शेयरधनी महानुभावहरूलाई वितरण गर्ने छ ।
एन आई सी एशिया बैंकद्वारा आ.व. २०७९/८० को लागि ३०.५२६३ प्रतिशत लाभांश प्रस्ताव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
