आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८१ साल कात्तिक १ गते, बिहीबार बसेको सञ्चालक समितिको १६१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८०/०८१ को मुनाफाबाट कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८०/०८१ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५० प्रतिशतले हुन आउने रकम बराबरको नगद (कर प्रयोजनार्थ समेत) लाभांश गरी जम्मा १० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्ने आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।
प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७९/८० मा आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको ८.६ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.४५२६ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो ।
Click here to view the notice.
आरएसडिसी लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
