स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले यही मङ्सिर २५ गते ३६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनको लागि मङ्सिर ०७ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा मङ्सिर ०६ गतेसम्म (आज सम्म) कायम शेयर धनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।
कम्पनीले साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाण्डाैँमा दिउँसो १:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।
सभाले आर्थिक वर्ष (आ.व) २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । त्यसै गरी लेखापरीक्षककाे प्रतिवेदन सहितको आ.व २०७८/०७९ को वार्षिक विवरण उपर छलफल गरी पारित गर्ने र आ.व २०७९/०८० को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति शेयर १६ रुपैयाँ ५१ पैसा का दरले कर सहित नगद लाभांश वितरणको प्रस्ताव पनि सोही सभाले पारित गर्ने छ ।
आजसम्म कायम शेयर धनिले स्ट्याण्डर्ड चार्टर्ड बैंककाे वार्षिक साधारण सभामा भाग लिन पाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
