साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ५ दशमलव ८४ अङ्कले बढेर २१०६ दशमलव १८ को विन्दुमा कायम भएको छ।
सनराईज ब्लुचिप फण्डको शेयर मूल्यमा ७.१० प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । बलेफी हाइड्रोपावर लिमिटेडका शेयरधनीहरुले ५.७९ प्रतिशत, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका शेयरधनीहरुले ३.७१ प्रतिशत, लक्ष्मी उन्नत्ती कोषका शेयरधनीहरुले ३.१७ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ का शेयरधनीहरुले २.९९ प्रतिशतका दरले कमाएका छन् ।
यता, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्लोबल आइएमई बैङ्क लिमिटेड डिबेञ्चर २०८६/८७ का लगानीकर्ताहरूले ४.३१ प्रतिशतले गुमाउँदा एशियन हाइड्रोपावर लिमिटेड ३.७४ प्रतिशत, मेन्छियाम हाइड्रोपावर लिमिटेड २.९५ प्रतिशत र नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेड २.८७ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।
आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
