लुम्बिनी विकास बैङ्क लिमिटेडको नाफा ३.८८ प्रतिशतले घटेको छ । आ.व. २०७८/७९ को चौथौँ त्रैमास सम्ममा बैङ्कले ६३ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथौँ त्रैमास सम्ममा बैङ्कले ६१ करोड २४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।
३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लुम्बिनी विकास बैङ्क लिमिटेडले ४१ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्कको जगेडा कोषमा २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । त्यस्तै, लुम्बिनी विकास बैङ्कको सञ्चित मुनाफा ३९ करोड २७ लाख रुपैयाँ रहेको छ।
लुम्बिनी विकास बैङ्क लिमिटेडको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । सो बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८२ रुपैयाँ १७ पैसा छ र पछिल्लो कारोबार मूल्य रु. ४१५ को आधारमा मूल्य आम्दानी अनुपात २२.९१ गुणा रहेको छ ।
लुम्बिनी विकास बैङ्कको नाफामा ३.८८ प्रतिशतको गिरावट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
