ग्लोबल आइएमई बैङ्क लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैङ्कले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैङ्क वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरुले सहज रूपमा कर्जा सार्नसमेत सक्नेछन् ।
सो विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढी अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।
बैङ्कले ग्राहकलाई छिटो, छरितो एवं सहज रूपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरू पेस गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ ।
ग्राहकहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैङ्कका ३५६ वटा शाखाहरूबाट सो सुविधा उपभोग गर्न सक्नेछन् ।
सो योजना सीमित अवधिका लागि रहनेछ ।
ग्लोबल आइएमई बैङ्क मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।
त्यसै गरी बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
ग्लोबल आइएमई बैङ्कको विशेष आवास योजना, १० वर्षसम्म ९.९९% स्थिर ब्याज दरमा घर कर्जा
![](https://gyanmandu.com/news_images/20240212115208.jpg)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
![](https://gyanmandu.com/frontend/images/reactions/like.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/clap.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/support.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/love.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/curious.png)
0%
![](https://gyanmandu.com/frontend/images/reactions/insightful.png)