
गोरक्ष हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीको जेठ २९ गते बसेको सञ्चालक समितिको बैठकले आइपिओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गर्दै विशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो।
कम्पनीले आगामी असार १५ गते काठमाडौँको बत्तीस पुतली स्थित होटेल इम्पेरियलमा बिहान १० बजे विशेष साधारण सभा आयोजना गर्ने जनाएको छ। सभामा आइपिओ निष्कासनका लागि आवश्यक प्रस्तावहरू पेस गरिनेछन्।
प्रस्ताव अनुसार कम्पनीले हालको १ अर्ब ८० करोड रुपैयाँ अधिकृत तथा जारी पुँजीलाई बढाएर २ अर्ब २० करोड रुपैयाँ पुर्याउनेछ। साथै, संस्थापक समूहको स्वामित्व ८० प्रतिशतबाट घटाएर ७५ प्रतिशत तथा सर्वसाधारणको हिस्सा २० प्रतिशतबाट बढाएर २५ प्रतिशत कायम गर्ने योजना रहेको छ।
विशेष साधारण सभाबाट प्रस्ताव स्वीकृत भएमा कम्पनीले जारी पुँजीको २५ प्रतिशत बराबर ५५ करोड रुपैयाँ मूल्यका ५५ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गर्नेछ। आइपिओ सँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अधिकार पनि सञ्चालक समितिलाई प्रदान गरिनेछ।
गोरक्ष हाइड्रोपावरले ५५ लाख कित्ता आइपिओ जारी गर्ने तयारी, असार १५ मा विशेष साधारण सभा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
