प्रभु बैङ्कद्वारा कृषकहरूलाई सहुलियतपूर्ण ऋण प्रदान

प्रभु बैङ्क लिमिटेडले हेफर इन्टरनेशनल नेपालसँग युवा तथा महिला उद्यमी र साना किसानहरूलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने विषयमा भएको सम्झौता अनुरूप धादिङ जिल्लाको खनियाँबास गाउँपालिकाका किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा उपलब्ध गराएको छ ।

धादिङको आरुघाटमा एक कार्यक्रम बिच खनियाँबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक श्री प्रकाश कटुवाल र प्रभु बैङ्क लिमिटेडका बाग्मती प्रदेश प्रमुख राजु केसी ज्युले संयुक्त रूपमा खनियाँबास गाउँपालिकाका किसानहरू क्रमशः आकृति कुखुरा पालन तथा कृषि व्यवसाय, लपसङ कोर्प आग्रो फर्म, सुसन्ना बाख्रा पालन फर्म, एम.बि. बाख्रा पालन तथा कृषि व्यवसाय, धार्ना डुन्डुरे वोयर बाख्रा पालन फर्म र सिङला बाख्रा पालन फर्मका ६ जना कृषि तथा पशु उद्यमशीलतामा काम गरिरहेका उद्यमीहरूलाई प्रभु बैङ्कको आरुघाट शाखा कार्यालयबाट रु ५० लाखको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरेको सो बैङ्कले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा बोल्दै अध्यक्ष रण बहादुर तामाङले खनियाँबास गाउँपालिकाका किसानहरूलाई प्रभु बैङ्कले ठुलो गुण लगाएको र यस्तो कार्यक्रमको निरन्तरताका लागि आग्रह समेत गर्नुभएको छ ।

समाजमा उच्चस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्य लिई आफ्नो ६८ जिल्लामा रहेका ३०२ शाखा कार्यालयहरू ७१ एक्सटेन्सन काउन्टर तथा ३१० ATM सहित फराकिलो पहुँच रहेको प्रभु बैङ्कले उक्त सम्झौता अनुरूप करिब १,५०० उद्यमीहरूलाई कर्जा उपलब्ध गराउन सहजता प्रदान गर्ने विश्वास लिएको सो बैङ्कले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x