नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले हकप्रद शेयर असार २९ देखि जारी गर्ने भएको छ। कम्पनीको हाल कायम चुक्ता पुँजी रु. १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसाको १० शेयर बराबर नयाँ ५ शेयर (१०:५) को अनुपातमा रु. १०० अङ्कित दरका ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद साधारण शेयरको निष्कासन खुल्ला गर्ने भएको छ ।
सो कम्पनीको हकप्रद शेयरको निष्कासन बन्द हुने मिति साउन १८ गते रहेको छ ।
साथै कम्पनीको हकप्रद शेयर खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन् । सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
यही असार २९ गते देखि नेशनल हाइड्रो पावर कम्पनीले हकप्रद शेयर जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
