सन्राइज बैङ्कद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलु खेती सम्बन्धी तालिम सञ्चालन

सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैङ्कले सुनसरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालन सम्बन्धी र डडेलधुरामा आलु खेती सम्बन्धमा सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय तहमा सुहाउँदो कृषि व्यवसाय सम्बन्धी तालिम स्थानीय व्यक्तिहरूलाई प्रदान गरेर उनीहरूको आम्दानी वृद्धिमा मद्दत गर्ने तथा त्यस व्यवसायमा आवश्यक पर्ने बैंकिङ्ग ज्ञान प्रदान गर्ने उद्देश्यका साथ आषाढ १ गतेदेखि झुम्का, सुनसरीमा ३१ जना सहभागीहरूका साथमा २ दिने मासु उत्पादनका लागि पशुपालन सम्बन्धी सिपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो । सन्राइज बैङ्क कोसी प्रदेशका प्रमुख विनोद गजुरेल र बैङ्कका अन्य पदाधिकारीहरूको उपस्थितिमा उक्त कार्यक्रम गरेको सो कम्पनीले जानकारी दिएको छ । २ दिने कार्यक्रमको प्रशिक्षण डा. नागेन्द्र बहादुर दाहाल र सबिन खतिवडाले गर्नुभएको थियो । बैङ्कको सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको उक्त कार्यक्रम विशेष गरी बाख्रा, बङ्गुर र कुखुरा पालनमा केन्द्रित सिपमूलक तालिम दिएको सो कम्पनीले जानकारी दिएको छ ।

त्यसै गरी कृषकहरू समक्ष कृषि, आम्दानी वृद्धि र बैंकिङ्ग ज्ञान प्रदान गर्न जेठ ३२ गतेदेखि अमरगढी ०८, डडेलधुरामा आयोजित २ दिने आलु खेती उत्पादन तथा वित्तीय साक्षरता कार्यक्रममा ४० जना सहभागीहरू रहेको सोही कम्पनीले जानकारी दिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका स्रोत व्यक्तिहरू ध्रुवराज जोशी र मनिषा चौधरीद्वारा प्रशिक्षित उक्त कार्यक्रम मुख्य अतिथि अमरगढी ०८ का वडा अध्यक्ष नर बहादुर शंखी र बैङ्कका तर्फबाट प्रतिनिधि पुष्पराज भट्टको उपस्थितिमा आयोजना गरेको सो कम्पनीले जानकारी दिएको छ । सो तालिमले आलुको व्यावसायिक उत्पादन, बजारीकरण, आलुबाट बनाउन सकिने सामाग्री सम्बन्धी ज्ञान र त्यसबाट आफ्नो आयलाई कसरी बढाउन सकिन्छ भन्नेबारे ज्ञान समेत दिएको सोही कम्पनीले जानकारी दिएको छ ।

सिपमूलक तालिमले कृषकहरूमा उत्पादन वृद्धि, त्यसको बजारीकरण र बचतका बारेमा ज्ञान प्रदान भएको र यसले उनीहरूको व्यावसायिक क्षमतामा वृद्धि गर्ने बैङ्कले विश्वास लिएको बताएको छ । बैङ्कले यस्ता सिप मूलक तालिम देशभरिका सातै प्रदेशमा गर्दै आएको पनि बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x