ग्लोबल आइएमई बैङ्क लिमिटेड र डिप्रोक्स नेपालबिच डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
हस्ताक्षर पश्चात्, डिजिटल माध्यमबाट वित्तीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्य राखी डिप्रोक्स नेपालले सञ्चालन गर्ने कार्यक्रममा बैङ्कको सहभागिता रहने सो कम्पनीले जानकारी दिएको छ।
त्यस्तै, परियोजनाअन्तर्गत लुम्बिनी प्रदेशका दाङ, रोल्पा र रुकुम–पूर्व जिल्लाहरूको शान्तिनगर, दंगीशरण, त्रिवेणी, रुन्टीगढी, परिवर्तन, थबाङ्ग; भूमे र पुथाउत्तरगंगा गरी ८ स्थानीय तहहरूमा बेलायत स्थित प्राक्टिकल एक्सन र डिप्रोक्स नेपालको साझेदारीमा सञ्चालन हुने कार्यक्रममा पनि बैङ्कको सहभागिता हुने सोही कम्पनीले बताएको छ ।
बैङ्कसँगको सहकार्यमा हुने डिजिटल कारोबारले परिलक्षित समुदायको समय, श्रम र खर्चमा बचत हुने विश्वास सो कम्पनीले लिएको जानकारी दिएको छ । सो परियोजनामा आबद्ध घरधुरीहरू तरकारी, दुग्ध उत्पादन, ओखर, सुन्तला खेती र बाख्रा पालन व्यवसायमा संलग्न रहेको सो कम्पनीले जानकारी दिएको छ ।
परियोजनामा आबद्ध ५,५०० घरधुरी मध्ये ८० प्रतिशत सहभागीहरू महिला हुनेछन् भने बाँकी २० प्रतिशत विभिन्न सीमान्तकृत परिवारबाट हुनेछन् । यसै भित्रबाट ३ प्रतिशत समुदाय अपाङ्ग घरपरिवार पनि हुने हुँदा परियोजनाले परिलक्षित समुदायमा समावेशी वित्तीय पहुँच स्थापित हुने विश्वास बैङ्कले लिएको छ ।
साथै, यी क्रियाकलापमा सहजीकरण गर्न परियोजनाले ८० जना महिला डिजिटल च्याम्पियनहरू परिचालन गरी बैङ्कसँगको सहकार्यमा वित्तीय शिक्षा, डिजिटल साक्षरता, महिला सशक्तीकरणका तालिम सञ्चालन गरी मोबाइल बैङ्किङ, डिजिटल बैंकिङ्ग, कृषि ऋण र समावेशी वित्तीय पहुँचका लागि योगदान हुने विश्वास बैङ्कले लिएको छ ।
बैङ्कले समय सापेक्ष रूपमा विभिन्न सङ्घ–संस्थाहरूसँग यस किसिमका सम्झौताहरू गरी आर्थिक गतिविधिहरूमा आफ्नो अग्रसरता जनाउँदै आएको सो कम्पनीले बताएको छ ।
ग्लोबल आइएमई बैङ्क र डिप्रोक्स नेपालद्वारा डिजिटल कारोबार प्रवर्द्धन गर्न सहकार्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%