वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि, साउदी अरेबिया प्रमुख गन्तव्य



चालु आर्थिक वर्षको दसौँ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको वैशाख महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४,२१,२७९ पुगेको छ। त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २,३८,९७६ पुगेको छ।

अघिल्लो आ.व. वर्षको सोही अवधिको तुलनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ५१.४ प्रतिशतले वृद्धि भएको देखिन्छ । कोरोनाको प्रकोप र जारी निषेधाज्ञाका कारण वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्यामा ठुलो प्रभाव परेको देखिन्छ। गत आ.व.को दसौँ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या मात्र २,७८,२९८ रहेको तथ्याङ्कले देखाएको छ । यता, आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म जम्मा ३,५४,६६० जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको वैशाख महिनामा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूको प्रमुख गन्तव्य मलेसिया, युएई, साउदी अरेबिया, कतार, कुवेत, साउथ कोरिया, रोमानिया, माल्टा, जापान र पोल्यान्ड रहेको तथ्याङ्कले देखाएको छ ।

मलेसिया वैदेशिक रोजगारीका लागि सर्वाधिक श्रम स्वीकृति लिइने मुलुक भएको छ। चालु आर्थिक वर्षको दसौँ महिनामा मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या १,९८,६०६ रहेको छ। त्यस्तै, सर्वाधिक श्रम स्वीकृति लिइने अर्को मुलुक युएई रहेको छ। चालु आर्थिक वर्षको दसौँ महिनामा युएईका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४५,०७० रहेको छ। यता, साउदी अरेबियाका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४४,४०३, कतारका लागि ३४,२०२ र कुवेतका लागि २५,४६० रहेको छ।

त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या चालु आर्थिक वर्षको दसौँ महिनामा ३.७ प्रतिशतले वृद्धि भएको छ। गत आ.व.को दसौँ महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या मात्र २,३०,४६६ रहेको तथ्याङ्कले देखाएको छ । यता, आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म जम्मा २,८२,४५३ जना नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका थिए। चालु आर्थिक वर्षको वैशाख महिनामा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने  नेपालीहरूको प्रमुख गन्तव्य कतार, साउदी अरेबिया, युएई, मलेसिया र कुवेत रहेका छन् ।

कतार वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने मुलुक रहेको छ। चालु आर्थिक वर्षको दसौँ महिनामा कतारका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७७,७४९ रहेको छ। त्यस्तै, वैदेशिक रोजगारीका लागि सर्वाधिक पुनः श्रम स्वीकृति लिइने अर्को मुलुक साउदी अरेबिया रहेको छ। चालु आर्थिक वर्षको दसौँ महिनामा साउदी अरेबियाका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४९,९९४ रहेको छ। यता, सोही अवधिमा युएईका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४९,३०९ , मलेसियाका लागि ३४,९७० र कुवेतका लागि ११,०६८ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x