
याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको आइपिओको बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले बुधवार शेयर बाँडफाँड प्रक्रिया टुङ्ग्याएको हो।
कम्पनीले वैशाख १६ देखि २२ गतेसम्म सर्वसाधारणका लागि १७ लाख ४३ हजार कित्ता आइपिओ बिक्री खुला गरेको थियो। उक्त अवधिमा २९ लाख ८२ हजार ४९८ जनाबाट आवेदन परेको जनाएको छ।
बिक्री प्रबन्धकका अनुसार कुल आवेदन मध्ये २९ लाख ३८ हजार ८२ जनाको आवेदन स्वीकृत भएको थियो भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन्।
मागभन्दा अत्यधिक आवेदन परेपछि गोला प्रथा प्रणालीमार्फत शेयर बाँडफाँड गरिएको हो। नतिजाअनुसार १ लाख ७४ हजार ३०० जना आवेदकले १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक शेयरबाट वञ्चित भएका छन्।
याम्बालिङ्ग हाइड्रोपावरको आइपिओ बाँडफाँड सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
