आइएमई जनरल इन्स्योरेन्स र Galaxy Specialty Clinic बिच सेवामा छुट सम्बन्धि सम्झौता



ज्ञानमाण्डू। आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र Galaxy Specialty Clinic Pvt. Ltd. बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र Galaxy Specialty Clinic का प्रबन्ध निर्देशक शिव राज केसीले हस्ताक्षर गर्नुभयो । 

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकहरुलाई Galaxy Specialty Clinic महाराजगंज, काठमाण्डौँमा प्राप्त हुने सेवाहरु जस्तैः X-Ray, USG, ECG, ECHO लगायतका सेवाहरुमा १०% सम्म र OPD सेवामा २५% सम्मको आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

साथै सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले Galaxy Specialty Clinic सँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x